काठमाण्डौं - आमाको दूध बच्चाका लागि अमृत समान हुने त सबैलाइ थाहा भएकै कुरा हो । तर के ५ वर्षसम्म लगातार बच्चालाई दूध खुवाउँदा त्यसले बच्चालाई फाइदा गर्ला त ?
सामान्यतया बच्चा ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै र त्यसपछि थप खाना खुवाउन सकिने चिकित्सकहको भनाई छ । विशेषज्ञहरुका अनुसार स्तनपान आमा र बच्चा दुवैका लागि फाइदाजनक हुने गर्दछ । आमाको दूधले बच्चामा संक्रमण हुन पाउँदैन भने बच्चा बिरामी पर्ने खतरा पनि कम हुन्छ ।
आमाको दूध खाएर हुर्केका बच्चामा भविष्यमा मोटोपनको समस्या कम हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई कम्तिमा पनि २ वर्षको उमेरसम्म आमाको दूध खुवाउनै पर्दछ र त्यो उमेरभन्दा माथि जतिसम्म सकिन्छ दूध खुवाउँदा त्यसले फाइदा नै पुर्याएको हुन्छ ।