काठमाडौं - बालबालिकाले निर्जीव वस्तु ( माटो, ढुंगा, फोहर, कागज, कपाल, दिसा, चक, पेन्ट)खाने बानीलाई पिका भनिन्छ । यो बानीले बालबालिकामा रक्त अल्पता, लिड पोइजनिङ कब्जियत, पखाला, जूका पर्ने, आन्द्रा जाम हुने, मुख र दाँतमा क्षति पुग्ने, सामाजिक लज्जा जस्ता जटिलता देखिन सक्छ। त्यसैले आफ्ना बालबालिकामा निर्जीव वस्तु खाने बानि छ वा छैन त्यसबारे बेलैमा सजग हुनु जरूरी छ। बालबालिकाले निर्जीव वस्तु खाने केहि कारणहरु यसपैकार रहेका छन् ।
दुई बर्ष मुनिका बालबालिकामा सामान्य बानी मात्र पनि हुनसक्छ ।
बैद्धिक विकलांगता (अटिजम)
मानसिक रोग
बाल दुरव्यवहार परिवारबाट उपेक्षित बालबालिका, तनाव
भोक, कुपोषण
रगतको कमी, जिंकको कमी