काठमाडौं - नवजात शिशुका अभिभाबकलाई आफ्नो सन्तानलाई भोक लागेको छ वा स्नतपान गराउँदा पुगेको छ छैन पत्ता लगाउन अलि कठिन भएको हुनसक्छ । अझ भनै पहिलो सन्तानको आमाको लागी यो कठिन अवस्था नै हुनसक्छ । आफ्नो सन्तान भोकै छ कि भन्ने पिर लाग्न सक्छ । तपाईको शिशुलाई स्तनपान गराउँदा यस्ता तरिकाहरु अपनाए शिशुलाई गराइएको स्तनपान पर्याप्त भएको मानिन्छ ।
२४ घण्टामा बच्चाले ८ देखि १२ पटक स्तनपान गर्छ । प्रत्येक स्तनपान सत्र ५ देखि ४० मिनेटको हुन्छ ।
स्तनपान गर्दा शिशुले शान्त र आनन्द महशुस गर्छ ।
स्तनपान पछि शिशु आफैले आमाको स्तन छोड्छ ।
शिशु जन्मेको पहिलो दिनमा कम्तिमा २ पटक तेस्रो र चौथो दिनमा कम्तिमा ३ पटक र त्यसपछि कम्तिमा ६ पटक निर्मल गन्धरहित पिसाब फेर्छ ।
दिनमा कम्तिमा दुई पटक नरम दिसा गर्छ ।
हप्तामा न्युनतम १५० देखि २०० ग्राम तौल बढेको हुनुपर्छ ।