काठमाडौं - धेरै जसो अभिभाबकलाई नवजात शिशुलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा कोरोना परीक्षण गराउने कि नगराउने भन्ने अन्योलता भएको हुनसक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिशुलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिए पनि कोरोना परीक्षण गराउने भनेको छ ।
नवजात शिशुलाई कोभिड १९को संक्रमण विरलै देखिन्छ। तर, प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आएका शिशुमा पनि संक्रमण सर्न सक्छ।
त्यसैले नवजात शिशुमा त्यस्ता कुनै पनि लक्षण जस्तो ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा कोरोना परीक्षण गर्न उचित हुने स्वास्थ्य मन्त्रालयको भनाई छ।