काठमाडौं - हाम्रो समाजमा रूघाखोकी र ज्वरो आउँदा बालबालिकालाई भिटामिन सि युक्त खानेकुरा खुवाउन हुदैन समस्या झन गाडिदै जान्छ भन्ने गरिन्छ । त्यस्तै, चिसो लाग्ला भनेर सब्ज़ी फलफूल खवाउनु हुदैन भन्ने परम्परागत बिश्वास पनि रहेको छ । बिशेषज्ञहरुले यस्ता परम्परागत बिश्वासमा नअलझिकन बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त खानेकुरा खुवाउनुपर्छ भनेका छन् ।
बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त ताजा फलफुल र सागसब्जि प्रशस्त मात्रामा खुवाउनुपर्छ । यस्ता खानेकुरा खानाले बालबालिकालाई रोगसँग लड्ने शक्ति बढाउँछ ।
भिटामिन सि अन्तगर्त सुन्तला, कागती, अम्बा, स्टोबेरी, मेवा, भुइकटर, किवि, आँप, एभोकेडा, ब्रोकाउली, आलु, टमाटर, बन्दा, काउली, हरियोत सागपात लगायत अन्य खानेकुरा खुवाउन सकिन्छ ।