काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो ।
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा ३०० भन्दा बढी बालबालिकालाई संक्रमण देखिएको छ ।
महानगरले विद्यालय बन्द गर्ने विषयमा अभिभावकको पनि सहमति लिन निर्देशन दिएको छ ।