काठमाडौं- सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्ने भएको छ ।
बालबालिका लक्षित राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि यही वैशाख ६ र ७ गते ६ महिनादेखि महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन 'ए' क्याप्सुल खुवाइने छ भने एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए' र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउदै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले बताएको छ । ६ गते खान छुटेकालाई बालबालिकालाई ७ गते खुवाउन सकिने छ ।
कोरोना संक्रमणको जोखिम उच्च भएका कारण औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भिडभाड नगरि एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु पर्ने छ ।