काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा एकहजार १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा पाँच हजार ८४ जनामा गरिएको पीसीआर परीक्षणमा एकहजार १५ जनामा कोरोना संक्रमण पुष्ट्रि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
हाल नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको मनत्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७५ हजार तीनसय जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हाल नेपालमा छ हजार २९० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, ८५ जना हाल क्वारेन्टिनमा छन् ।
मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । आज ६९९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।