काठमाडौं- भारतमा गएको २४ घण्टामा २ लाख ७० हजारभन्दा बढी नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा २ लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका हुन्।
सोही अवधिमा भारतमा १६ सय १९ को मृत्यु भएको छ। यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको छ।
अहिले भारतमा १९ लाख २९ हजार ३२९ जना सक्रिय संक्रमित छन्। यहाँ मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७६९ पुगेको छ।