आजको समयमा नर्मल डेलिभरीको केसहरु निकै कम सुन्न पाइन्छ । बद्लिदो जीवनशैली र गलत खानपानको बानीले महिलाहरुमा नर्मल डेलिभरीको अवस्था निकै कम देखिन्छ । धेरैजसो महिलाहरु अपरेशनको माध्यमबा टनै आमा बन्ने गरेका छन् । यसकारण महिलाहरुले धेरै समस्या झेल्नु पर्छ ।
तर यदि तपाईले चिकित्सकको निगरानीमा योगाको साहारा लिनु भयो भने नर्मल डेलिभरीको सम्भावना रहन्छ । साथै यस्ता केही योगासन छन् जसले डेलिभरीको समयमा हुने समस्याबाट पनि महिलालाई जोगाउन सक्छ ।
आज हामी तपाईलाई ती केही योगासनका बारेमा बताउँदै छौ ।
बक्रासन
यो योगासनका लागि तपाईले खुल्ला स्थानमा बिच्छ्यौना ओच्छाएर दुबै खुट्टा फैलाएर बस्नु पर्ने हुन्छ । सीधा जमिनमा बस्नुहोस् र दुबै खुट्टालाई अगाडी तर्फ तन्काउनु होस् । प्रत्येक पटक दुबै खुट्टा पालैले उठाएर मोड्नुहोस् । जुनतर्फको खु्ट्टा उठाउनुहुन्छ त्यसको अर्को तर्फको हातलाई पछाडी लानुहोस् । यसरी पालैले हात र खुट्टा चलाउनुहोस् र यो मुद्रालाई कम्तिमा बसेर दुई तीन मिनेटसम्म गर्नुहोस् र त्यसपछि गहिरो स्वास लिनुहोस् ।
उत्कटासन
यो आसन गर्नका लागि समथल जमिनको चयन गर्नुहोस् । त्यहाँ बिच्छ्यौना ओच्छाएर उभिनुहोस् । आफ्नो दुई खुट्टाको बीच खाली ठाउँ राखेर सीधा उभिनुहोस् । अब हातलाई पनि सीधा फैलाउनुहोस् । हत्केलालाई जमीनतर्फ र कुहिनालाई सीधा राख्नुहोस् । यसपछि घुडाहरुलाई मोडेर कुर्सीको आकारमा पोजिशन लिनुहोस् । एक मिनेटसम्म यो स्थितीमा बसेपछि पुनः सामान्य अवस्थामा फर्किनुहोस् ।
गर्भावस्थामा कसरत गर्दा राख्नुहोस् यी कुराहरुको ध्यान-
योग गर्दा खुकुलो र सजिलो कपडा प्रयोग गर्नुहोस् ।
ठिक तापक्रम भएको स्थानमा योग गर्नुहोस् ।
यदि कुनै योगासन गर्न समस्या पर्छ भने त्यसलाई नगर्नुहोस् ।
योग कुनै विशेषज्ञको रेखदेखमा मात्र गर्नुहोस् ।
श्रोत : एजेन्सी