अमेरिकाबाट अनुदानमा प्राप्त फाइजरको एक लाख ६२० डोज खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।कोभ्याक्स सुविधा मार्फत अमेरिकी अनुदानमा नेपाल ल्याइएकाे उक्त खोपलाई माइनस ८० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिएको खोप आपूर्ति व्यवस्थापन महाशाखाले बताएको छ।
नेपालमा ल्याईएका अरु एक्ट्राजेनिका,जोनसोन एण्ड जोनसोन ,भेरोसेल र कोभिसिल्डको तुलनामा यसलाई कम तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले खोप केन्द्रमा पुर्याउनु अघि केन्द्रीय खोप भण्डारणमा राखिएको महाशाखाले जनाएको छ ।
यो खोप कार्यक्रम पनि केहि फरक हुने भएकाले जनशक्तिलाई तालिम प्रदान गरेर मात्र खोप कार्यक्रम सञ्चलन गरिने छ ।
यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिए । उनका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।