काठमाडौं- नक्कली पीसीआर रिपोर्ट लिएका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।
विभिन्न देशमा वैदेशिक रोजगारका लागि जान लागेका उनीहरुले नक्कली पीसीआर रिपोर्ट लिएको पाइएपछि विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
विमानस्थल हेल्थ डेस्कमा चेकजाँचका क्रममा मंगलबार मात्रै सिल गरिएको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएको ती १२२ जना यात्रुलाई विमानस्थलबाट फार्काइएको एसएसपी बास्तोलाले बताए ।
एसएसपी बास्तोलाका अनुसार यात्रुहरु मध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्। नेउनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।
यो ल्याबले स्वाब नै नलिई ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइएको छ। ल्याबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यो ल्याबले ९ हजार रुपैयाँ लिएर स्वाब नै नलिई नक्कली पीसीआररिपोर्ट तयार पारेको पाइएपछि मंगलबार दिउँसो छापा मारेर अपराध महाशाखाको टोलीले सुरिया हेल्थकेयर प्रालिका कर्मचारी र बिचौलियालाई गरि८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।