काठमाडौं- नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका वा ट्रान्जिट बनाउने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेको छ।
विदेशी नागरिकको कोरोना परीक्षणमा गर्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको स्वास्थ्य तथा जनसंख्या जनाएको छ नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने कोभिड प्रयोगशाला निर्देशन जारी गरेको छ।
कोभिड १९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार परीक्षण आग्रह गरेको छ स्वास्थ्य मन्त्रालयको निर्देशक विपतिर कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुको परीक्षण गर्ने गराउने गरेको पाइएमा कारवाहि गरिने समेत जनाएको छ।