काठमाडौं- धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ८ का ४८ वर्षीय पुरुषको हो उपचारकाक्रममा धरानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार उपचाररत पुरुषको आज बिहान सवा ७ बजे मृत्यु भएको हो । अमृतक उच्च रक्तचापका बिरामी थिए। उनी वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए।