काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनेको छ।
२४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो। हिजोमात्रै मन्त्रालयले सो सम्बन्धी छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो।