महिला र पुरुष दुवैलाई तौल बढेर समस्या आइरहेको हुन्छ । पेट उक्सिँदा सौन्दर्यमा पनि नकारात्मक असर पर्छ र गतिला कपडा लगाउन पनि पाइँदैन ।
पेट घटाउने पाँचवटा उपाय । यिनमा कुनै साइड इफेक्ट छैनन् ।
एकैपटकमा थुप्रो खानुभन्दा अलिअलि गर्दै थोरै थोरै खाइरहेको राम्रो हुन्छ । यसले मेटाबोलिजमलाई सही राख्छ र तौल घटाउन सहयोग गर्छ । अलि अलि खाँदा ऊर्जा पनि कायम रहन्छ र बोसो पनि डढ्छ ।
तौल घटाउनुछ भने घरबाहिरको पत्रु खाना खान छोड्नुस् । जंक फूडले तौल बढाउने मात्र नभई अनेकथरी रोग पनि निम्त्याउँछ ।
तौल घटाउने सबभन्दा राम्रो उपाय तातो पानी सेवन हो । बिहान दुई गिलास तातो पानी खाली पेटमा पिउनुस् । पानी मनतातो हुुनुपर्छ । पानीमा कागती र महका थोपा राख्दा झनै राम्रो । अनि ग्रीन टी लिने गर्दा पनि शरीरको अतिरिक्त बोसो निस्कन्छ र तौल बढ्दैन ।
खानपिन अनियमित हुँदा पाचनक्रियामा गडबडी आउँछ र तौल बढ्न थाल्छ । साँझ ७ बजेसम्ममा खाना खाइसकेको राम्रो हुन्छ । यसले गर्दा सुत्ने बेलासम्म खाना पचिसक्छ र शरीर रातभरि डिटक्सिफाई हुन्छ । अपन बिहान तपाईं ताजा अनुभव गर्नुहुन्छ र बोसो पनि डढ्न थाल्छ ।
राम्रो निदाउन सकिएन भने पनि मोटोपन बढ्छ । कम्तीमा ८ घन्टा मज्जाले सुत्नुभयो भने राम्रो हुन्छ । राति १० बजे सुतेर बिहान ६ बजे उठ्दा निद्रा पूरा हुन्छ ।
एजेन्सी