बीएससी नर्सिङ कार्यक्रम पहिलोपटक चलाउन लागेको विराट मेडिकल कलेजमा नर्सिङ अध्ययनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयारी अवस्थामा रहेका छन् । नर्सिङ संकाय तथा आधारभुत विज्ञान संकाय अध्ययन अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ। सम्बन्धित विषयमा दक्षता प्राप्त गरेका जनशक्ति यस मेडिकल कलेजमा छन्।
प्रयोगात्मक अभ्यासका लागि आवश्यक आफ्नै अस्पताल यस मेडिकल कलेजमा रहेको छ। हाल ४०० बेड संख्यामा सञ्चालित अस्पताललाई १२०० बेडमा विस्तार गर्ने योजना अस्पतालको रहेको छ। आगामी ६ महिनाभित्रै अस्पतालमा हाल रहेको ४०० बेड संख्यालाई विस्तार गरी १२०० बेड बनाइनेछ।
अस्पतालमा बढ्दो बिरामी चापका कारण बिद्यार्थीहरुका लागि प्रयोगात्मक अभ्यास गरी सिक्न पाउने अवसर मिल्नेछ। सुविधासम्पन्न लेक्चर हल,प्रयोगात्मक अभ्यासका लागि फ्न्डामेन्टल ल्याबको व्यवस्था, कम्युनिटी ल्याब,पोषण ल्याब पेडियाट्रिक ल्याब मिडवाइफरी ल्याब तथा सिम्युलेसन ल्याब समेत व्यवस्थित रुपमा सञ्चालित छ । साथै दुईवटा पुस्तकालयको व्यवस्था लगायतले बिद्यार्थीको क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।
कलेजभित्र सुव्यवस्थित होस्टेल तथा मेसको पनि व्यवस्था रहेको छ ।