काठमाडौं । कोभ्याक्समार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप आउँदै छ ।
कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि निःशुल्क फाइजर खोप प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ ।