परिचय :
गोनोरिया असुरक्षित यौन सम्पर्कका कारण लाग्ने रोग हो । गोनोकोक्स् नामक भाइरस पुरुष तथा महिलाको यौन अंगमा पसेर यसले यौन अंग चिलाउने तथा पोल्ने गर्छ । यो रोग लाग्दा महिला तथा पुरुष दुवैले असुरक्षित यौनसम्पर्क गरेको करिब ८ देखि १० दिनमा उनीहरुको पिसाबसँगै पिप पनि आउने गर्छ ।
पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट झोल पदार्थ निस्कने हुन्छ। त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ।
लक्षण
रोग लागेमा योनिबाट पिसाबसँगसँगै पिप आउने गर्छ । कसैकसैलाई पिसाब पोल्नेसमेत हुन्छ । दुखाइ–पोलाइ भने खासै हुँदैन ।
उपचार
रोग लागेको पहिचान गरेपछि चिकित्सकले औषधि दिन्छन् । चिकित्सकको सल्लाहअनुसार दैनिक तोकिएको मात्रामा ट्याबलेट औषधि सेवन गरेपश्चात् रोग निको हुन्छ ।
यस्ता रोग लागेका व्यक्तिले अन्य व्यक्तिसँग यौनसम्पर्क राखेमा अरुलाई पनि रोग सर्छ । रोग निको बनाउनका लागि कुनै पनि शल्यक्रियाको आवश्यकता भने पर्दैन । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खाएका रोग निको हुन्छ । बिरामीले यौन तथा चर्म रोग विशेषज्ञको सल्लाहअनुसार औषधि नखाएमा तथा रोगलाई बेवास्ता गरेमा विभिन्न जटिलता सिर्जना हुन्छन् । यसबाट रगतमा समस्या देखापर्ने, हातखुट्टा सुन्निनेलगायत समस्या देखापर्छन् । तर, यस्तो अवस्था भने निकै कम व्यक्तिमा मात्र देखिने गर्छ, जसलाई चिकित्सकीय भाषामा डिजिआई भनिन्छ ।
रोकथाम
गोनोरिया रोकथामका लागि विशेषगरी फोरसी प्रक्रिया अपनाउन सकिन्छ ।
– सकेसम्म एकजना मात्र यौनपार्टनर बनाउने ।
– यदि एकभन्दा बढीसँग यौनसम्पर्क गर्नुपरेमा कन्डमको प्रयोग गर्ने ।
– यदि यौन पार्टनरलाई रोग लागेको थाहा भएमा समयमै उपचार गराउने ।