काठमाडौं- आज काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७७९, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ गरी थप ३ हजार ८९३ जना थपिएका हुन् ।
त्यसैगरी बितेको चौबिस घण्टामा देशभर थप ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५५ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार ७७५ जना भने निको भई घर फिर्किएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । क्वारेनटीनमा २५३ जना छन् ।