एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि मास्क लगाउनु बानीजस्तै भएको छ।
विश्वभरका स्वास्थ्य विशेषज्ञका अनुसार हरेक ठाउँमा सामाजिक दुरीका नियम पालना गर्न सहज नहुने हुदा सङ्क्रमणबाट जोगिन मास्क लगाउनु आवश्यक छ ।
राम्रो गुणस्तरको मास्क लगाउनाले कोरोना भाइरसको सङ्क्रमण ९० प्रतिशतसम्म रोक्नसक्ने अनुसन्धानले समेत देखाएको छ । तर, साना बालबालिकाहरूलाई मास्क लगाउनु खतरनाक हुने अभिभावकलाई चेतावनी दिइएको छ।
पानको मेडिकल ग्रुप ‘जापान पेडियाट्रिक एसोसिएसन’का अनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु खतरनाक हुन्छ । साना बालबालिकाका लागि मास्क लगाउनाले उनीहरूलाई सास फेर्न गाह्रो बनाउने गर्छ । साथै, निस्सासिने जोखिम पनि बढ्छ । दुई वर्षभन्दा कम उमेरका बालबालिकामा नाकदेखि फोक्सोमा हावा पुग्ने नली एकदमै सानो हुने एसोसिएसनले जनाएको छ ।
यस्तो अवस्थामा मास्क लगाउँदा मुटुमा दबाब बढ्न जान्छ । यसबाहेक साना बच्चाले मास्क लगाएमा शरीरमा बढ्दो तापका कारण, हिट स्ट्रोकको जोखिम पनि हुनसक्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले पनि दुई वर्षमुनिका बच्चाहरूको मुखलाई कपडाले ढाक्न हानिकारक भएको जनाएको छ ।