दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छाँै । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र यो दाँतको सबैभन्दा कमजोर भाग हो ।
हाम्रो मुख भित्र हुने ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दा“त र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट दाँतको भित्रीभागमा छिर्छ । र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ