खालि पेटमा एक्सरसाइज गर्नाले शरिरलाई हानी पुर्याउँछ । खालि पेटमा एक्सरसाइज गर्नाले ज्यान थाक्छ र पेट खालि हुनाले धेरै खान खाइन्छ । जसले गर्दा ज्यान झन मोटाउँछ । त्यसैले एक्सरसाइज गर्नु अघि यी खानेकुरा खानुहोस् ।
दूधः एक गिलास तातो दूध पिउँनुहोस्, पोष्टिक तत्व मात्रै होइन, पेटलाई शान्त बनाएको महशसु गर्न सकिन्छ ।
फलफूलः मौसमअनुसारको फलफूल खानहोस्, पेट भर्नुका साथ एक्सरसाइज गर्नका लागि ऊर्जा समेत प्राप्त हुन्छ ।
जौको सातुः पहाडी भेगमा पाइने जौ को सातु दुधसँग घोलेर खान सक्ने हो भने धेरै लाभदायी हुन्छ । एक्सरसाइज गर्दा शरीरलाई कार्बोहाइड्रेट्सको जरुरी पर्छ । जौको सातुमा धेरै कार्बोहाइड्रेड्स हुन्छ । खाएको छोटो समयमै पच्ने मात्रै होइन, शरीरको तौल घटाउनसमेत मद्दत गर्छ ।
केराः केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ । जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । तर, केरा नियमित खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उचित हुन्छ ।
दहीः अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रासमेत पाइने दहीले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ ।