श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन । तर,राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने,छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायामका केही फाइदा यसप्रकार छन ।
दिमागलाई शान्त बनाइदिन्छ : अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।
तनाव मुक्त बनाउछ : गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाव, चिन्ता र त्रास घटाउँछ ।
शरीरको विष फालिदिन्छ : श्वास प्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निष्कासन गरिदिन्छ ।
अन्य अंगलाई पनि सहयोग : गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह गरिदिन्छ ।