काठमाडौं - स्वस्थ्य, निरोगी, दीर्घजीवनका लागी सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । योगको माध्यमबाट बिना औषधि रोगलाई नियन्त्रण गर्न सकिन्छ साथै निरोगी पनि रहन सकिन्छ । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सके निरोगी, उर्जावान् बन्न सकिन्छ ।
जब मानिस व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, तब मात्रा उसले खन्य क्रियाकलाप गर्न सक्छ । त्यसैले स्वस्थ्य रहनका लागी योग गर्न आवश्यक छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छन् । यसले रक्तसञ्चारका साथै अक्सिजन बढाउन , स्र्फुत राख्न मद्दत पुर्याउछ । साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
योगद्धारा हामी हाम्रो स्वास्थ्यलाई रुपान्तण गर्न सक्छौ । नियमित योग गर्नाले स्वास्थ्यमा विभिन्न फाइदा पुग्छ ।
मस्तिष्कको सुधार
तनाव व्यवस्थापन
एकाग्रता
शारीरिक लचकता
रक्तचाप सन्लुलन
फोक्सोको कार्य क्षमतामा सुधार
यौन क्षमतामा सुधार
घाँटि ढाडको क्षमतामा सुधार
रगतमा चिनिको मात्रा सन्तुलन
शारीरिक सन्तुलन
स्पस्थ्य मुटु
उपयुक्त शारीरिक तौल
सन्तुलित जिवन