मुखमण्डलमा तेज तथा कान्ति बढाउने प्राणायाम कपालभाती हो । कपालभाती गर्नाले हृदय ,मुटु, फोक्सो र मष्तिस्कका रोग हट्नका साथै मोटोपना मधुमेह,सुगर,ग्यास, कब्जियत, अम्लपित, किडनी र प्रोस्टेडसँग सम्बन्धीत सवै रोगहरू निश्चितरूपमा हट्छ ।
कपालभाती यउटा यस्तो योग हो जो सब बिमारी को उपचार हो । यदि सधै स्वस्थ रहन चाहनु हुन्छ भने दिनमा थोरै समय आफनो शरीर को लागी निकालेर सधै बिहान यो प्राणायाम अवस्य गर्नुहोला ।
नोटः हाई ब्लड प्रेशर र दिल को बिरामीहरुलाई कपालभाती बिस्तारै बिस्तारै गर्ने सलाह दिइन्छ । यदि तपाई कुनै गंभीर रोग बाट पीड़ित हुनुहुन्छ भने कुनै पनी योग गर्नु भन्दा पहिला एक्सपर्ट सँग सल्लाह लिनुहोला ।
विधि
- सबै भन्दा पहिले कुनै सफ़ा अथवा खुला ठाउँमा पद्मासन या नर्मल अवस्थामा बस्ने ।
- अब आफनो सासँ लाई लगातार बाहिर तिर फाल्नुहोस् ध्यान राख्नुहोला आफनो सासँ भित्र लिने होइन मात्र बाहिर तिर फाल्ने हो ।
- जब थकाई लाग्छ तब रोकिनुहोस् । शुरुआत मा २० देखि २५ चोटि लगातार सास लाई बाहिर तिर फाल्ने प्रयास गर्नुहोस् ।
- यसै गरी एकछिन रुकेर फेरी २० देखि २५ चोटि गर्नुहोस् । शुरुआती दिनहरुमा १ मिनट सम्म गर्न प्रयास गर्नुहोस र त्यसपछि बिस्तारै बिस्तारै समय बढाएर २ मिनट, ३ मिनट, ५ मिनट सम्म गर्नुहोस।
फाइदाहरु
- कपालभातीले सौन्दर्य बढाउँछ।
- मस्तिष्क तथा अनुहारमा तेज, आभा झल्किन्छ।
- दम श्वास, एलर्जी, पिनास आदि सबै कफ सम्बन्धी रोग नष्ट हुन्छ।
- मुटु, फोक्सो तथा मस्तिष्कका सबै रोग निर्मूल हुन्छ।
- मृगौलासम्बन्धी रोग, अम्लपित्त, कब्जियत, ग्यास, मोटोपन, मधुमेह आदिको नास हुन्छ।
- नियमित कपालभातीले कब्जियत समाप्त हुन्छ।
- मधुमेह बिनाऔषधि नै नियन्त्रणमा राख्न सकिन्छ।
- ब्लड प्रेशर कंन्ट्रोल हुन्छ ।
- टाउको दुख्ने समस्या बाट मुक्ति मिल्छ ।
- रुगा खोकी हुन दिदैन ।
- पेटमा लागेको बोसो महिनामा ४ देखि ८ किलोसम्म कम गर्न सकिन्छ।
- नकारात्मक विचार नष्ट हुन्छ र तनावबाट छुटकारा पाइन्छ।
- मन, स्थिर शान्त तथा प्रसन्न बनाउछ ।
- नियमित अभ्यासले मुटुका शिराहरूमा आएको अवरोधसमेत खुल्छ।
- प्राणायामले आमाशय, प्याङ्क्रियाज, मृगौला तथा कलेजोका रोगमा विशेष लाभ पुर्याउँछ।
- पेटका लागि योगका सबै आसनभन्दा कपालभातीले बढी लाभ पुर्याउन सक्छ।
- कमजोर आन्द्रा बलियो बनाउन समेत यो आसन सबैभन्दा राम्रो मानिन्छ।