काठमाडौं । दाम्पत्य सुखका लागि आनन्ददायक यौन एक अनिवार्य हिस्सा हो । यद्यपि धेरैजसो दम्पतीले त्यस्तो यौनसुख लिन सकिरहेका हुँदैनन्, जुन उनीहरु अपेक्षा गर्छन् ।
यौन क्रिया अघि वा पछि गरिने क्रियाकलापहरु महत्वपूर्ण हुन्छ । सोझै यौन क्रिया गर्नुभन्दा उत्तम हो, शारीरिक र भावनात्मक रुपले यौनका लागि उत्साहित हुनु । सार्थक यौन जीवनका लागि अपनाउनुपर्ने केही टिप्सहरु निम्नानुसार छन् ।
आफ्नो कपडाको ख्याल राख्नोस् :
कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस्। नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ। कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ।
बाथरुममा २ जना नुहाउने :
मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।
मदिरा सेवन नगर्नोस् :
जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित बात गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ ।
धेरै नखानोस् :
रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।