काठमाडौं । स्वस्थ र सुन्दर कपाल सबैको चाहना हो । अझै महिलाहरुको सौन्दर्यका लागि कपालले विशेष महत्व नै हुन्छ । सुन्दर कपाल नारीहरुको चाहना र सौन्दर्य पनि हो । यद्यपि हामी दैनिक जीवनमा थाहा पाएर वा नपाएर त्यस्ता खाद्यपदार्थहरुको सेवन गरिरहेका हुन्छौ जुन खानेकुराले कपाललाई हानी गर्छ ।
चिनी
चिनीको अत्यधिक सेवनले धेरै रोग निम्त्याउँछ । चिनी खानु स्वास्थ्यका लागि हानिकारक छ । एक अध्ययनका अनुसार मधुमेहका बिरामीमा इन्सुलिन प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसले कपाल झार्छ ।
रक्सिको सेवन
रक्सीको सेवनले पनि कपाल झर्ने गर्छ । रक्सिले मानसिक र शारीरीक रुपमै व्यक्क्तिलाई क्षति गरिहरेको हुन्छ । कपाल केराटिन नामको प्रोटिनले बनेको हुन्छ । रक्सिको सेवनले उक्त प्रोटिनमा नकारात्मक असर गर्छ । जसका कारण कपाल कमजोर हुन्छ र झर्छ ।
काचों अण्डा
काचोँ अण्डा पनि कपाल झर्नुको एक कारक तत्व हो । अण्डा स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसले कपालमा भने नकारात्मक असर गर्छ । काँचो अण्ठाको सेतो भाग सेवन गर्दा बायोटिनको कमी हुन्छ । बायोटिनले केराटिन निर्माणमा मद्त गर्छ । जसले कपालको प्रोटिनको रुपमा काम गर्छ । यस्तो अवस्थामा काँचो अण्डा खानुको सट्टा पकाएर खानुपर्छ ।
जंक फूड
अहिलेको समयमा बच्चादेखि ठुलासम्म जंकफूडको सेवन बढी गर्छन् । यसले पनि कपाल झर्ने समस्यालाई बढाउने गर्छ । जंक फूडमा स्याचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ।
जसका कारण मोटोपना बढ्नुका साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्छ । यसैले कपाल झर्ने समस्या निम्त्याउँछ। योसँगै माछाको अत्याधिक सेवन पनि कपाल झर्ने कारण हो । माछामा हुने ‘मर्करी’ को उच्च मात्राले कपाल झर्ने समस्यालाई बढावा दिन्छ ।