काठमाडौं । हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ ।
किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । तर यौन सम्पर्क बारे मा मानिसहरु खुलेर कुरा गर्न भने चाहदैन् । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ ।
माद्यक पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक हो । कहिलेकाहीं रमाइलोका रुपमा विशेष अवसरमा पिउने चलन संसारभर छ । रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ। सेक्स गर्दा रक्सी पिएर अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम देखाउन थाल्ने हुँदा सकेसम्म मादक पदार्थ सेवन गरेर यौन सम्पर्क नगर्नु नै राम्रो मानिन्छ । मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलावीच हुने भावनात्मक सम्बन्धमा भने कमि ल्याउछ ।
यौन सम्पर्क गर्नुअघि थोरै रक्सी सेवनले केही मात्रामा लाज हटाएर आफ्नो अगाडि भएको व्यक्तिसँग खुल्न सजिलो बनाउने र रोमान्टिक महशुस गर्न मद्दत गर्छ । जो पुरुष यौन सम्बन्धलाई लिएर नर्भस हुने गर्छन्, उनीहरुलाई यौन आनन्द लिन र शीघ्रस्खलन कम गर्न मद्दत गर्छ । तर, रक्सी नै यसको समाधान होइन ।
यदि रक्सी नखाई यौन सम्बन्ध नै शुरु नहुने अवस्था आएको छ भने यसलाई यथाशीघ्र रोक्नु बुद्धिमानी हुन्छ । कहिलेकाहीं रमाइलोका लागि हो भने सचेत रुपमा प्रयोग गर्न सकिन्छ ।