काठमाडौं - दिनभर गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ । यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य तथा नैतिक रुपमा बलवान हुन सक्छ । हरेक व्यक्तिको स्वस्थ्य दिनचर्या यस्तो हुनुपर्छ
ब्राह्यमुतृह अर्थात सुर्योदय हुनुभन्दा ४५ मिनेट अगाडि उठ्ने
ईश्वरको स्मरण गर्दै मन मस्तिष्कलाई सकारात्मक बनाउने
१ गिलास (२०० देखि २५० मि ली ) सफा पानी पिउने
शौचादि (दिसा, पिसाब) गर्ने
दाँत माझ्ने तथा मुख धुने
योगाभ्यास तथा ध्यान गर्ने
मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने
दुध तथा मौसम अनुसारका फलफुलको हल्का खाजा खाने
यो समयका अध्ययन गरेको बिषय लामो समयसम्म स्मरणमा रहिरहने भएकाले २ देखि ३ घण्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ ।