बाँके । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार सहायक सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ९तुफान० ले आगामी दिनमा पनि अपाङ्गता सशक्तीकरण र क्षमता विकासको लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा लगनशीलतालाई सहज बनाउन ह्वील चियर उपलब्ध गराइएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिए ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ९तुफान० उपाध्यक्ष मन्जु मल्ल, सामाजिक बिकास संयोजक कृष्ण कुमारी पोखरेल, लेखा अधिकृत प्रदीप सुनार, वडाध्यक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला न्योैपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चियर हस्तान्तरण गरेका छन् ।