काठमाडौं । गर्मी महिना लागेसँगै केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । तापक्रम वृद्धिसँगै देशका धेरै स्थानमा तातो हावा ‘लू’को जोखिम बढेको छ।
बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ। लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ ।
लू’बाट जोगिने तरिका
- धेरै पानी पिउने
- बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने
- हल्का खालको वा सुतीको कपडा लगाउने
- खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने
- कागति पानी, नरिवल पानी, तथा फलफूको रस पिउने
- घरमै बनाएका ताजा खानेकुरा खाने
- चिसो पानीले नुहाउने
गर्न नहुने
- दिउँसो सकभर घाममा ननिस्कने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
- भान्सामा धेरै समय नबस्ने
- मदिरा सेवन नगर्ने