काठमाडौं । एक ऐतिहासिक कार्यक्रमले नेपालमा महिलाको मुटु स्वास्थ्यसम्बन्धी बढ्दो तर बेवास्ता गरिएको संकट तार्फ विज्ञहरूको ध्यान आकर्षण गराएको छ ।
ब्रिटिश कोलम्बिया विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजको संयुक्त आयोजनामा “नेपालमा महिला मुटु स्वास्थ्य : छुटेका अवसरहरू र अगाडि बढ्ने बाटोहरू” शीर्षकमा एक दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्य अनुसन्धान, नीति निर्माण र समुदाय संलग्नताको माध्यमबाट महिला मुटु स्वास्थ्य सुधारका लागि बहु-क्षेत्रीय संवादको सुरुवात गर्नु हो। विस्तृत छलफल र केन्द्रितको संरचनामा आधारित यस कार्यक्रममा सहभागीहरूले चेतना, महिलामा रोगको पहिचान र उपचार प्रक्रियाका कठिनाई समीक्षा गर्दै महिला मुटु स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रस्ताव गरे।
छलफलमा विज्ञहरूले नेपालमा महिलाहरूको मुटुको स्वास्थ्यमा सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा प्रक्रियाबाट परेको प्रभाव, पुरुष र महिला बीचको लक्षणहरूमा भिन्नताले महिलाहरूलाई समयमै उपचारमा पहुँच गर्न पुर्याएको बाधा, तीव्र रुमेटिक ज्वरो (ARF), सामाजिक सञ्जालमार्फत फैलिने गलत जानकारी र औषधि अनियमित औषधि सेवन गर्नाले जोखिम अझ बढ्दै गएको छ । उपचारमा ढिलाइ, आर्थिक कठिनाइ, र निःशुल्क औषधि योजनाको न्यून उपयोगजस्ता अवरोधहरूले महिलाहरूको उपचारको पहुँचमा सिर्जना गरेको गहिरो समस्या जस्ता बिषय उठाएका थिए ।
हिलाहरूमा गर्भनिरोधक चक्कीको प्रयोग, गर्भावस्थामा जटिलता, सुत्केरी अवस्थामा अत्यधिक घ्यू सेवन जस्ता हानिकारक अभ्यासहरू, महिनावारी रोकिनु सहित माइक्रोन्यूट्रिएन्टको कमी, मोटोपन, धूम्रपान, र तनाव जस्ता कारकले महिलाहरूमा मुटु रोगको सम्भावनालाई तीव्र रूपमा बढाई रहेको छ । जुन कुरा धेरैजसो महिलाहरूलाई थाहा पनि छैन् ।
शहरी क्षेत्रमा मुटु स्वस्थको जनचेतना बढ्दै गए पनि ग्रामीण समुदायहरू अझै जनचेतनाको अभाव रहेको छ । महिलामा शिक्षाको अभाव र स्वास्थ्य सेवामा पहुँचको अवरोधका साथै महिलाहरू मुटु रोगको उन्नत अवस्थाका साथ ढिलो स्वास्थ्य सुविधामा पुग्छन् तर पुरुषहरूको तुलनामा महिलाहरूमा मुटु रोगका लक्षणहरूको असामान्यका कारणले पहिचानमा ढिलाइले अझै बढ्वा दिन्छ । यी कारणहरूले गर्दा नेपालमा महिला मुटु स्वास्थ्यमा अनुसन्धान बढाउनु आवश्यक छ र महिलाहरूको उपचार गर्दा महिलाहरूलाई बढी व्यक्तिगत दृष्टिकोण चाहिन्छ।
यस कार्यक्रमले महिला मुटु स्वास्थ्यमा अनुसन्धान र नीतिगत प्रवर्तनका लागि नयाँ सम्भावनाहरू खोल्यो र जीवनचक्र अवधारणामा आधारित हेरचाहको आवश्यकता औंल्यो। यसका साथै महिलाहरूमा मुटु रोगको बढ्दो अवस्थालाई कम गर्नको लागि अनुसन्धान, स्वास्थ्य सेवा र नीतिगत क्षेत्रहरूबीच समन्वित प्रयास र समुदायमा आधारित संलग्नता र सहभागिता जस्ता महत्त्वपूर्ण बुँदाहरू पहिचान गरिएको थियो ।
कार्यक्रममा शाहिद गंगालाल राष्ट्रिय मुटु केन्द्र, नेपाल मेडिसिटी अस्पताल, नेपाल मेडिकल कलेज, सोचाइ नेपाल, नेपाल डेभलपमेन्टल सोसाइटी, काठमाडौं चाइल्ड हेल्थ इन्स्टिच्युट, इन्स्टिच्युट अफ मेडिसिन, डब्ल्यूएचओ-नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद लगायतका संस्थाबाट चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता, पत्रकार, सामाजिक कार्यकर्ता र विकास साझेदारहरूको सहभागिता थियो।
आयोजकहरूले कार्यक्रमको निष्कर्ष प्रकाशित गर्ने छन् र सरोकारवालासँग निरन्तर संवाद जारी राख्ने योजना बनाएका छन्, ताकि कार्यक्रमबाट प्राप्त भएका अन्तर्दृष्टिहरू व्यवहारमा रूपान्तरण हुन सकून्। नेपालमा नसर्ने रोगहरूको बढ्दो बोझ सामना गरिरहेको सन्दर्भमा, यो कार्यक्रमले महिला मुटु स्वास्थ्यलाई केवल स्वास्थ्य क्षेत्रले मात्र होइन, सामाजिक र नीतिगत प्राथमिकताको रूपमा हेर्नुपर्ने आवश्यकताको स्मरण गरायो।