काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा सबै भन्दा कम संक्रमित थपिएका छन् । त्यहाँ ४२ हजार ६४० जनामा सङ्क्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्
।
समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९९ लाख ७७ हजार ८६१ पुगेको छ । सोही अबधिमा ८१ ह्जार ८३९ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म दुई करोड ८९ लाख २६ हजार ३८ जना कोरोनामुक्त भएका छन् । हाल भारतमा छ लाख ६२ हजार ५२१ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा एक हजार १६७ सङ्क्रमितको ज्यान गएको छ ।
भारतमा हालसम्म कोरोना सङ्क्रमणले तीन लाख ८९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् ।