काठमाडौं - कुनै पनि गर्भवती महिलामा थाइराइड कम भएमा कम तौल भएको शिशु जन्मने, गर्भभित्र शिशुको मृत्यु हुने, समय अगावै बेथा लाग्ने, नवजात शिशुको मस्तिष्कको विकासमा नकरात्मक असर पर्ने, आमाको दुध कम आउने जस्ता समस्या निम्त्याउन सक्छ ।
थाइराइडको कमी भएका गर्भवती र स्तनपान गराउने आमाहरुले नियमित औषधि सेवन गरेर नियमित थाइराइड परिक्षण गरेर शरीरमा थाइराइड हर्मोनको सहि मात्रामा कायम राख्नु आवश्यक हुन्छ ।
आमालाई गर्भावस्थामा थाइरोइडको कमी छ भने नवजात शिशुको पनि जन्मेको २ देखि ४ दिनको बिचमा थाइराइडको परिक्षण गर्नुपर्छ । यदि यो समयमा थाइराइड परिक्षण गर्न छुटेमा सकेसम्म छिटो परिक्षण गराइहाल्नु पर्छ ।
थाइराइड हर्मोन सेवन गर्ने आमाले स्तनपान गराउँदा शिशुलाइृ कुनै असर गर्दैन ।