काठमाडौं - हिमालयन बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहिबार एक कार्यक्रमका बिच शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको हो ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको हो । अस्पतालमा भएको वार्ड जिर्ण अवस्थामा रहेको हुदाँ सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेका कारण बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको महाप्रबन्धक सुशील जोशीले बताउनुभयो ।
उक्त वार्डको बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा समुद्घाटन गरिएको हो ।