पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु वा सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदैआमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ । यस्तो वेला पाठेघरलाई सपोर्ट गर्नेलिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ । धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौँ काम गर्दा, पाठेघरमा ट्युमर हुँदापाठेघर झर्न सक्ने सम्भावना रहन्छ ।
पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ । अस्थायी साधनको गलत प्रयोग, परिवारनियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवा पुस्तालेगर्भपतनका औषधिलाई परिवारनियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ । यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ ।निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ । इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् । परिवार नियोजनकासाधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने खतरा बढ्छ र पछी यही कारण समस्याको लागी प्रयाप्त हुन्छ ।
एजन्सीको सहयोगमा