काठमाडौं - परिवारमा नयाँ व्यक्तिको आगमन वा छोरी, बुहारी गर्भवती हुनु घर परिवार र आफन्तका लागी एक खुशिको क्षण बन्छ । हामी घरमा नै परिक्षण गरेर पनि यो खुशिको क्षण एकअर्कामा साट्न सक्छौ ।
गर्भवती भए नभएको सहजै परिक्षण गरी थाहा पाउन सकिन्छ । कुनै महिला अन्तिम पटक महिवारी भएपछि पछिल्लो पटक महिनावारी हुने समयमा महिनावारी भइनन् वा गर्भ रहेको शंका लाग्यो भने महिनावारी हुनुपर्ने मितीको ५ दिन पछाडि देखि प्रसुती नहुनेसमयसम्म प्रेग्नेन्सि टेष्ट किटको माध्यमबाट परिक्षण गर्न सकिन्छ ।
गर्भ रहे नरहेको परिक्षण गर्न बिहानको फ्रेस पिसाब र प्रेग्नेन्सि टेष्ट किटको आवश्यक पर्छ । सो परिक्षण गर्न आधि पिसाब गरेपछि केहि थोपा पिसाब संकलन गनुपर्छ ।
पिसाब संकलन गरेपछि पिसाब प्रेग्नेन्सि टेष्ट किट खोल्ने, त्यसभित्र एउटा पिसाब टेष्ट गर्ने किट र अर्को सुई आकारको परिक्षणका लागी संकलन गरेको पिसाब तानेर टेष्ट किटमा पिसाब हाल्नका लागी प्रयोग गरिने सामाग्री हुन्छ ।
त्यस किटलाई खोलिसकेपछि परिक्षणको लागी तयार पारेको पिसाब किटमा भएको सुइ आकारको सामाग्रीले तान्ने र परिक्षण किटमा २ वा ३ थोपा हाल्ने । केहि समयपश्चात पिसाब किटको पल्लो भागमा सर्छ ।
महिला गर्भवती नभए पिसाब पल्लो साइडमा १ लाइनमा रातो रंग देखिन्छ । भने गर्भवती भए २ लाइनमा रातो रंग देखापर्छ ।
सो प्रेग्नेन्सि टेष्ट किट फार्मेसिहरुमा उपलब्ध हुन्छ, यसलाई रु ५० पर्छ ।
कुनै पनि महिला घरमा नै बसरेर यो प्रक्रिया मार्फत आफु गर्भवती भए नभएको थाहा पाउन सक्छिन् ।