काठमाडौँ - साउन महिनाको सोमबार हिन्दुधर्मालम्वीहरुका लागि विशेष मानिन्छ । यस दिन उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो प्रतिज्ञा पुरा गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन।
हिन्दु धर्म अनुसार हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने चलन रहिआएको छ । सोमबार शिवको लागि समर्पित छ।
सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। बेलुकाको आरती सकिएपछि खाना खाने प्रचलन छ । मध्य दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर यस दिन गर्भवती र सुत्केरी महिलाले ब्रत बस्दा बालबालिकामा असर पुग्ने भएकाले बिशेषज्ञहरु ब्रत नबस्न सुझाव दिन्छन् । बिशेषज्ञका अनुसार गर्भवती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्नु उपयुक्त हुँदैन ।
व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिने हुँदा यो समयमा उपहास बस्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भिर समस्या पर्न सक्छ ।