यो योगाभ्यासको अभ्यासद्वारा हाम्रो शरीरलाई दुख दिने विभिन्न किसिमका रोगहरुसँग लड्ने क्षमता प्राप्त हुन्छ । त्यसैले यसको विधीलाई राम्रोसँग बुझौं । यसका विधीहरु यस प्रकार छन् ।
–बज्रासन बस्नुपर्छ । त्यसपछि हातलाई पछाडितर्फ राख्नुपर्छ र त्यसको सहायताले शरीरलाई पछाडितिर झुकाउदैं जमिनमा सिरलाई टेकाउनुपर्छ ।
–घुँडा चाहि मिलेको हुनुपर्छ र भुईंमा टेकिएको हुनुपर्छ ।
–बिस्तारै,काँध र ढाडलाई पनि भुईंमा टेकिएको हुनुपर्छ ।
– बिस्तारै, काँध र ढाडलाई पनि भूईंमा राख्ने प्रयास गर्नुपर्छ ।
–हातलाई भने तिघ्रामा सिधा पँजा फूकालेर राख्नुपर्छ ।
–आसनलाई छोड्दा कुहिनो र हातको सहारा लिएर बज्रासन बस्नुपर्दछ ।
– हातलाई भने तिघ्रामा सिधा पंजा फूकालेर राख्नुपर्दछ ।
–आसनलाई छोड्दा कुहिनो र हातको सहारा दिएर बज्रासनमा बस्नुपर्दछ ।
यसबाट हुने फाइदाहरु
– किड्नी र फोक्सोको समस्या हटाउन सकिन्छ ।
–गानो झर्ने समस्या पनि हटाउन सकिन्छ ।
–ठूलो भएको आँत सकृत हुन्छ ।