काठमाडौं - अण्डामा भएको पोषणका कारण यसलाई हामीले खानाको प्याकेज पनि भन्ने गरिन्छ । तर, पाकेको अण्डा खाएमा मात्र शरीरलाई फाइदा मिल्छ । काँचो अण्डा शरीरका लागि एक्दमै हानिकारक रहोको हुन्छ ।
काँचो अण्डाका बेफाइदाहरु
- काँचो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । यसले मानिसको रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउँछ । काँचो अन्डाले संक्रमणको सम्भावना समेत बढाउँछ ।
- काँचो अण्डामा भएको प्रोटिनलाई शरीरले पूर्ण रुपमा ग्रहन गर्न नसक्ने हुदा शरीरको मांशपेशी कमजोर बन्दै जान्छ ।
- काँचो अण्डाका कारण शरीरले बायोटिनको समेत पर्याप्त मात्रामा ग्रहण गर्न सक्दैन । यसो हुँदा शरीरमा ग्लुकोज निर्माण प्रक्रियामा नकारात्मक असर पार्छ । परिणाम शरीरमा कमजोरी पनि बढ्न सक्छ ।
- काँचो अण्डामा भएको ब्याक्टेरियाले अपच गराउने सक्ने भएकोले काँचो अन्डा खाँदा ‘फुड प्वाइजनको पनि खतरा हुन्छ ।
अन्डा खानुअघि ध्यान दिनुपर्ने कुराहरु
- अण्डालाई प्रयोग गर्नुभन्दा पहिले नुनपानीले सफा गर्नुपर्छ ।
- अण्डालाई लामो समयसम्म भण्डार गरेर राख्यो भने बिग्रन थाल्छ ।
- यदि अण्डामा कुच्चिएको वा रङ बदलिएको छ भने किन्नुहुँदैन । यस्ता अण्डा प्रायः बिग्रिएका हुन्छन् ।
खाने तरिका
- अण्डालाई उमालेर वा अम्लेट बनाएर खान सकिन्छ ।
- उमालेको अण्डा दूधसँग खानु स्वस्थकर मानिन्छ ।
- यदि तौल बढाउनका लागि अण्डा खाने हो भने यसको करी र भुजिया बनाएर प्रयोग गर्न सकिन्छ ।