अनुलोम विलोम प्राणायाम एउटा महत्वपूर्ण योगासन हो । यो योगासन तपाई जति गर्नुहुन्छ त्यति नै राम्रो हुन्छ । दिनमा ३-४ चोटी अनुलोम विलोम गर्न सकिन्छ र सबै उमेरको व्यक्तिहरुले गर्न सक्नुहुन्छ । यसले साँस लिनमा सजिलो हुन्छ । यो प्राणायाम खुल्ला ठाउँमा गर्दा राम्रो हुन्छ किन भने खुल्ला ठाउँमा ओक्सीजनको मात्रा बढी हुन्छ ।
विधि
- सबै भन्दा पहिला दुवै खुट्टा मोडेर २-३ मिनेट सम्म शान्तीले बस्नुहोस् ।
- त्यस पछि आफ्नो दाँया नाकको प्वाललाई दाँया हातको बुढी औँलाले बन्द गर्नुहोस् र बाँया नाकको प्वालले बिस्तारी-बिस्तारी आफु सकेको जति साँस लिनुहोस् ।
- जब लिएको साँस छाँतीमा भरिन्छ बिस्तारी आफ्नो बाँया नाकको प्वाल औलाले बन्द गर्नुहोस् र दाँया नाकको प्वालले लिएको साँस छोड्नुहोस् ।
- त्यस पछि त्यही बाँया नाकको प्वालले बिस्तारी-बिस्तारी लामो साँस लिनुहोस् र बाँया नाकको प्वाललाई बन्द गरेरे बिस्तारी दाँया नाकको प्वाल बाट साँस छोड्नुहोस् ।
- यो प्रक्रियक ७-१० चोटी दोकेर्याउनुहोस् र दिनमा २-३ चोटी गर्नुहोस् ।
फाइदा
- यसले पाचन प्रणाली मजबूत बनाउछ ।
- अनुलोम विलोम प्राणायामले मनको चिन्ता र तनावलाई हटाउछ ।
- यसले उच्च रक्तचाप /हाई ब्लड प्रेशर/हाइपरटेंशन कम गर्छ ।
- यसले कुनै खराब असर पार्दैन र वजन पनि कम गर्छ ।
- माइग्रेनको दुखाइ बाट छुट्कारा मिल्छ ।
- कब्जियत, एसिडिटी, आस्थमाकोे लागि यो प्राणायाम लाभदायी हुन्छ ।
- यो आसनले धेरै प्रकारको एलर्जीहरु पनि हटाउछ ।
अनुलोम विलोम प्राणायाम गर्भवती वा महिना वारीको समयमा महिलाहरुले गर्नुहुदैन । साथै हृदय रोग भएको व्यक्तिले अनुलोम विलोम प्राणायाम गर्नु भन्दा पहिला डाक्टरको सल्लाह लिनुपर्छ ।