काठमाडौं । मानिसको परिचय दिने महत्वपूर्ण अंगमा आँखा पर्दछ । हामीले नबोलेको धेरै कुरा आँखाले बोल्छन्। छाला र कपालजस्तै आँखा पनि स्वस्थ शरीरको पहिचान हो।
लामो समयसम्म बिरामी पर्दा होस् वा शारीरिक तथा मानसिक रुपमा दुःखी महसुस गरिरहेको बेला आँखाबाट सुस्तता र तनाव झल्किन्छ। उज्यालोको कम वा बढी प्रयोगले हाम्रा आँखामा नराम्रो असर पार्छ।
आँखाको स्याहार गर्ने सरल टिप्स
- ‘विच हेजेल’ भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने जसले थकित आँखालाई आराम दिन्छ।
-कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने। यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्ने। यस्तो गर्दा आँखा वरिपरी रहेको कालो घेरा डार्क सर्कललाई कम गर्छ।
-सातामा एकपटक आइप्याकको प्रयोग गर्नुपर्दछ।
-राति सुत्नुअघि रोगन बदाम तेलले आँखाको वरपर र आँखीभौ वरपर र परेलामा मसाज गर्नुपर्दछ।
-हत्केलालाई राम्ररी रगडेर तताएर आँखा सेक्ने गर्नुपर्दछ।
-घाममा निस्कदा सन ग्लासको प्रयोगले आँखालाई सुरक्षित राख्न सकिन्छ ।