काठमाडौं । संवेदनशील ठाउँमा काम गर्नुपर्ने भएकोले कुनै पनि चिकित्सकको चाडपर्व सामान्य मानिसहरुको जस्तो हुँदैन । उनीहरुलाई न तिहार छुन्छ न त दशैंले नै । गाइनोकोलोजिष्ट न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी सेन्टरमा कार्यरत्त प्रोफेसर डा.सैलजा क्षेत्री श्रेष्ठले डाक्टरी पेशा अपनाएको करिब ३ दशक भइसक्यो ।
उनले बाल्यकालमा जस्तो तिहार मनाएको अनुभव डाक्टरी पेशामा लागेदेखि नै गरेकी छैनन् । डाक्टर भएपछि धेरैजस्तो त अस्पतालकै कार्य ब्यस्तताका कारण राम्रोसँग तिहार मनाउन नपाएको उनी बताउँछिन् । उनको यस वर्षको तिहार बिरामीको सेवामै बित्नेछ। तिहारको भाइटिकाको दिन बिरामीको डेलिभरीका लागि उनी अस्पताल आउने बताउँछिन् । यसमा उनलाई दुख लागेको छैन बिरामीको सेवा नै आफ्नो पहिलो धर्म भएकोले काममा नै सन्तुष्टी पाउँछु ।
डाक्टरी पेशाको सुरुवाती दिनमा सबै परिवार एकसाथ चाडपर्व मनाउँदै गर्दाे आफू भने अस्पताल जानुपर्ने बाध्यताले उनलाई केही दुखी बनाउथ्र्याे । तर अहिले बिरामीको सेवा गर्न पाउँदा नै उनी आनन्दित हुन्छिन् । यसपटकको भाइटिकाको दिन पनि बिदा नभएकोले उनले अस्पताल र घरका लागि समय व्यवस्थापन गरेकी छिन् ।
कहिल्यै छुटी नहुने पेशा त्यो पनि गाइनोकोलिष्टले झनै जतिसुकै बेला खटिनुपर्ने हुन्छ उनी भन्छिन् ।जुनसुकै समयमा पनि जानुपर्ने हुन सक्छ भन्ने कुरा उनको परिवारले पनि राम्रोसँग बुझेको छ । ‘सुरुमा काम गर्दाखेरि बिदाको दिन काम गर्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ तर निजी अस्पतालमा डाक्टरको संख्या कम हुने भएकोले बिदा मिलाउन कठिन हुन्छ ।
यस वर्ष तिहारमा केही योजना नरहेको बताउँदै उनले भनिन् यस पटक भाइटिकाको दिन बाहेक बिदा त छ तर म प्रत्येक दिन अस्पताल आउँछु । किनभने आकस्मिक बिरामी आफैंले हेर्नुपर्ने छ । बिरामीको सेवा सधैं आफ्नो पहिलो प्राथमिकतामा रहेको उनी बताउँछिन् । म आफ्नो इच्छाले डाक्टर भएकोले हुँदा समस्यामा परेका कसैंको ज्यान बचाउन पाउँदा खुसी लाग्छ ।