काठमाडौं - एकै घरमा बस्ने (एक परिवारको एक भन्दा बढि व्यक्ति) कोरोना भाइरस संक्रमित व्यक्तिहरुले एक अर्कासँग भौतिक दुरी कायम गर्ने कि नगर्ने भन्नेमा अन्योलता हुन सक्छ । हेल्थ एक्सन तथा अनुसन्धानका अनुसार, एक कोरोना संक्रमित व्यक्तिले अर्को कोरोना संक्रमित व्यक्तिसँग भोतिक दुरी राख्नु आवश्यक हुदैँन । एकै परिवारका कोरोना भाइरस संक्रमित व्यक्तिहरुसँगै बस्दा एकअर्काको हेरविचार गर्न सहज हुन्छ र एक अर्काको मनोबल कायम राख्न पनि मद्धत पुग्छ ।
कोरोना भाइरस संक्रमित व्यक्तिले कोरोना भाइरस संक्रमण नभएको व्यक्तिसँग भने पर्याप्त भौतिक दुरी कायम राख्नुपर्छ । त्यसका साथै सहि तरीकाले मास्ककको प्रयोग र सम्भब भएसम्म छुट्टै बस्ने गर्नुपर्छ ।