काठमाडौँ । च्याउ खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । च्याउमा अत्यधिक मात्रामा प्रोटिन तथा फाइबर हुने गर्दछ । साथै च्याउमा भिटामिन बी तथा शक्तिशाली सेलेनियम नामक तत्व हुने गर्दछ जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणलीलाई मजबुत बनाउनुको साथै कोष तथा तन्तुहरुलाई क्षयीकरण हुन बाट समेत बचाउछ् ।
यसै गरि नियमित च्याउ सेवन गर्नाले क्यान्सर बाट समेत बच्न सकिन्छ । च्याउमा भएको एक प्रकारको विशेष तत्वले हाम्रो शरिरको कोष तथा तन्तुहरु विशेष संरक्षण गर्नुको साथै क्यान्सर जन्य ट्युमरसँग लड्ने विशेष क्षमता हुने गर्दछ।
च्याउको नियमित सेवनले अल्जाइमर तथा डिमेन्टिया जस्ता रोगबाट समेत बच्न सकिन्छ।चाख लाग्दो कुरा त के छ भने अल्जाइमरका विरामीलाई नियमित च्याउ खान सल्लाह दिने गरिन्छ।
च्याउको नियमित सेवले उच्च रक्त चाप, मधुमेह, तथा रक्त सञ्चार सम्बन्धी समस्या भएका विरामीहरुलाई च्याउ सेवन अति प्रभावकारी हुने गर्दछ । यसैगरि च्याउमा हुने फोटोन्युट्रियन्ट नामक तत्वले रक्तनलीमा बोसो जम्मा हुने समस्यालाई कम गर्नुको साथै रगतमा कोलेस्ट्रोलको मात्रा सन्तुलन गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।