काठमाडौं । रुघाखोकीको समयमा चिसो फलफूल खान हुँदैंन भन्ने आम धारणा छ । रुघाखोकीको बेला फलफूलको सेवनलाई लिएर धेरै भ्रमहरू छन् ।
रुघाखोकी लागेमा सिट्रस फलफूल वा रसदार फलफूल खान नहुने सल्लाह दिन्छन् । यसले रुघाखोकीको समस्या बढाउँछ ।तर केही यस्ता फलफुलहरु जसको सेवन रुघाखोकीका लागि फाइदाजनक हुन्छ ।
स्याऊ
रुघाखोकी लागेमा पनि स्याउको सेवन गर्न सकिने विज्ञहरू बताउँछन् । स्याउ खाँदा रुघाखोकी कम गर्न सकिन्छ । स्याउमा पाइने औषधीय गुणले भाइरल इन्फेक्सनलाई हटाउँछ ।
किवी
रुघाखोकी लाग्ने समस्यामा किवीको सेवन प्रभावकारी हुन्छ । किवीमा भिटामिन सी र ई प्रचुर मात्रामा पाइन्छ, जसको सेवनले एलर्जी र सङ्क्रमणलाई कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।