एजेन्सी । खानाबाट शरीरलाई आवश्यक पर्ने पोषकतत्व प्राप्त हुन्छ । पोषकतत्वले तन्दुरुस्त राख्न मद्दत गर्छ ।खाना राम्ररी पचेन भने पाचन प्रक्रियामा असर गर्छ । जसले पेटसम्बन्धी विभिन्न रोग निम्त्याउँछ ।
हामीले खाएको खाना पाचाउने पनि एउटा प्रक्रिया हुन्छ । चपाएर खाएको खाना आमाशयमा जान्छ । आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ । खानामा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गर्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउँछ ।
पाचन प्रक्रियाको लागि शरीर आफै गर्छ । यो प्रकृयाका लागि आराम चाहिंदैन ।खाना खाने बित्तिकै सुत्न र आराम गर्नु राम्रो मानिदैन । खाना खानेबित्तिकै सुते पाचन प्रणालीले आफ्नो काम ढिलो गर्छ । जसले गर्दा खाना राम्ररी पच्न पाउँदैन । खाएको खाना राम्रोसँग पच्न शरीर सक्रिय हुनुपर्छ । हामीले खाएको खाना पच्न चार घण्टासम्म लाग्छ ।