एजेन्सी । गुलियो धेरै खाँदा कोलोरेक्टल क्यान्सर हुन सक्ने सम्भावना धेरै रहने विभिन्न अध्ययनले देखाएको छ । वासिङ्ग्टन विश्वविद्यालय अफ स्कुल मेडिसिनको अध्ययनअनुसार विशेषगरी महिलामा ५० वर्षअघि नै कोलोरेक्टल क्यान्सर हुनसक्ने सम्भावना धेरै हुने पाइएको हो ।
अनुसन्धानकर्ताहरूले कोशोरअवस्था तथा युवा उमेरका महिलाले अत्यधिक चिनी मिसाएको पेयपदार्थको सेवन गरेमा क्यान्सरको जोखिम बढी हुने जनाएका छन् । गुलियो पेय पदार्थहरू कम पिउने महिलाहरूको तुलनामा, प्रतिदिन दुई वा सोभन्दा बढी पटक पेय पदार्थ पिएकाहरूमा कोलोरेक्टल क्यान्सर हुने जोखिमको तुलनामा दुई गुणा बढी थियो ।
साथै उनीहरूमा ५० वर्षको उमेरभन्दा अगाडि नै क्यान्सर पहिचान हुने पाइएको छ । गुलियो पेय पदार्थहरू कम पिउनेमा १८ प्रतिशत र १३ देखि १८ वर्ष उमेरका महिला अत्यधिक चिनी मिसाएको ड्रिङ्क्स पिएमा यो उमेरका ३२ प्रतिशत महिलामा कोलोरेक्टल क्यान्सर हुने सम्भावना रहेको अध्ययनमा उल्लेख गरिएको छ ।
सन् १९९१ देखि २०१५ सम्म एक लाख १६ हजारभन्दा बढी महिलामा गरिएको अध्ययनमा एक सय नौ जनाका कोलोरेक्टल क्यान्सर भएको पाइयो । निकै कम सङ्ख्यामा क्यान्सरको पहिचान भएपनि कम उमेरमा गुलियो पेय पदार्थ वा चिनीको अत्याधिक सेवनले कोलोरेक्टल क्यान्सरको जोखिम ५० वर्षभन्दा कम उमेरमा बढाइरहेको अध्ययनले देखाएको छ ।
पहिलादेखि क्यान्सरको अन्य जोखिम कारक भएका मानिसमा क्यान्सरको विकास छिट्टै हुनसक्ने बताइएको छ । गुलियो पेय पदार्थको सेवन टाइप २ मधुमेह, मोटोपनालगायत मेटाबोलिक स्वास्थ्य समस्याहरूसँग सम्बन्धित छ । यस्ता समस्या बच्चाहरूमा पनि देखिन सक्छ । –