काठमाडौं । गर्मी समय आएसँगै छालामा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । पानीको खराबी, वंशाणुगत कारण, खानपान लगायत विभिन्न प्रकारका समस्याका डन्डीफोर आउने गर्छ । यो छालामा हुने यस्तो समस्या हो ,जसले सुन्दर छालालाई कुरुप बनाइदिन्छ ।
डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । डन्डीफोरबाट बच्न छालालाई सुख्खा राख्नुपर्ने हुन्छ । छालामा हुने एक प्रकारको तैलीय ग्रन्थीका कारण अनुहारमा डन्डीफोर आउने गर्छ । यस ग्रन्थीले उत्पादन गर्ने चिल्लो पदार्थले छालाको सौन्दर्य कायम राख्न सहयोग पुग्ने गर्छ ।
युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।
बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।
डन्डिफोर आउने कारण
–हर्मोनमा परिवर्तन तथा खराबी।
–अनियमित महिनावारी ।
–खराब खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु।
–लामो समयसम्म कब्जियत ।